Logo

कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्‍व बैंकको चेतावनी

कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्‍व बैंकको चेतावनी



काठमाडौं । कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकले चेतावनी दिएको छ । नोभेल कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्‍नेबाट रोकिने विश्‍व बैंकले जनाएको छ ।

laxmi

विश्‍व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण पूर्वी एसिया र प्यासिफिक क्षेत्रका सबै मुलुकहरुले ‘गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने’ उद्योगधन्दामा काम गर्ने मानिसहरुले ‘उच्‍च जोखिम’को सामना गर्नुपर्ने छ ।

जसमा थाइल्‍यान्डको पर्यटन क्षेत्र र प्यासिफिक टापुसहित भियनाम र कम्बोडियाका उत्पादन क्षेत्रमा काम गर्ने मानिसहरुलाई यसको जोखिममा रहेको बताइएको छ । बैंकले दुई करोड ५० लाख मानिसहरु चिनियाँसहित ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्‍न नसक्‍ने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार गरिबीको रेखा भन्‍नाले दैनिक ५।५० अमरिकी डलरभन्दा कम आय भएका मानिस भनेर परिभाषित गरेको छ ।

यस क्षेत्रको आर्थकि वृद्ध २ दशमलव १ प्रतिशत रहने बताइएको छ । सन् २०१९ को आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत वृद्धिभन्दा बढी हुने अनुमान गरिएको थियो । त्यसैगरी विश्‍व बैंकले यस क्षेत्रमा स्वास्थ्य हेरचाह, मेडिकल उपकरणको उत्पादन गर्ने उद्योग र बिरामीहरुलाई सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ ।–बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL