Logo

औषधिजन्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनतर्फ, आजै राति फर्कने

औषधिजन्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनतर्फ, आजै राति फर्कने



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

laxmi

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए । उनकाअनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे नै आउनेछ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL