Logo

भिडभाड हुने स्थानमा औषधि छर्दै कामनपा, चन्द्रागिरीका नगरवासीलाई घरबाहिर ननिस्कन आग्रह (भिडियोसहित)

भिडभाड हुने स्थानमा औषधि छर्दै कामनपा, चन्द्रागिरीका नगरवासीलाई घरबाहिर ननिस्कन आग्रह (भिडियोसहित)



काठमाडौं । काठमाडौँ महानगरपालिकाले मानिसहरु बढी भिडभाड हुने स्थानमा औषधि छर्किन सुरु गरेको छ । बुधबारबाट सुरु गरेको उक्त किटनाशक औषधी छर्किने कार्यक्रमलाई बिहीबार पनि निरन्तरता दिएको हो । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको उक्त कार्य आज पनि निरन्तर रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताए ।

‘सिमित स्रोत–साधनकाबीच पनि निरन्तर काम गरिरहेको उनको भनाई छ । कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने मेयर शाक्यले बताए । विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य भएको उनको भनाई छ ।

उनले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वडा र अत्यावश्यक स्थानसम्म पुर्याउने पनि उनले बताय ।

यस संगै काठमाडौं प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा समेत कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले बिहीबार नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले हिजाबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो । ‘सिमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’ उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिनुभयो ।

Posted by Mohan Bastola on Wednesday, 25 March 2020

प्रतिक्रिया दिनुहोस्
MBL