Logo

कोरोना भाइरस : १२ घण्टा भित्र संक्रमित हुनेको संख्या २४७ जना, ४ को मृत्यु

कोरोना भाइरस : १२ घण्टा भित्र संक्रमित हुनेको संख्या २४७ जना, ४ को मृत्यु



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) पछिल्लो १२ घण्टामा नयाँ संक्रमितको संख्या २४७ जना पुगेको छ । संक्रमित २४७ जना भने चिनियाँ नागरिक रहेको लाईभ अपडेट गरिरहेको ओरल्डोमिटर्सले जानकारी दिएको छ ।

laxmi

त्यस्तै १२ घण्टा भित्रै मृत्युहुनेको संख्या ४ जना मात्रै रहेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । उक्त भाईरसका कारण पछिल्लो १२ घण्टामा मृत्यु हुनेमा चारै जना चिनियाँ नागरिक रहेको छ । हाल विश्वमा उक्त भाईरसका कारण संक्रमितको संख्या भने ४ लाख २२ हजार ६२९ जना पुगेको छ ।

डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको उक्त भाईरसका कारण १८ हजार ८ सय ९५ जनाले ज्यान गुमाएको लाईभ अपडेट गरिरहेको ओरल्डोमिटर्सले जानकारी दिएको छ । त्यस्तै उपचार पछि घरफर्कनेको संख्या १ लाख ८ हजार ८ सय ७९ जना पुगेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । उक्त भाईरस अहिले विश्वका १ सय ९७ देशमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL