Logo

कोरोनाका लागि देउराली जनताले निशुल्क औषधि उपलब्ध गराउने, सरकारलाई ४ लाख ट्याब्लेट औषधि लिन आग्रह

कोरोनाका लागि देउराली जनताले निशुल्क औषधि उपलब्ध गराउने, सरकारलाई ४ लाख ट्याब्लेट औषधि लिन आग्रह



काठमाडौं । देउराली जनता फम्र्यास्युटिकल्सले नेपाल सरकारलाई कोरोना विरुद्धको औषधि सहयोग गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै विश्वभर फैलिरहेको कोरोना भाईरसको महामारीमा सहयोगका लागि उक्त औषधि हस्तान्तरण गर्ने बताएको हो ।

कम्पनीले उत्पादन गरेको हाईड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट सरकारलाई दिने बताएको छ । कम्पनीका अनुसा विश्वका स्वास्थ्य सम्बन्धी विभिन्न निकायहरुले जारी गरेका विभिन्न अनुसन्धानमुलक लेखहरुका अनुसार कोरोना भाईरसका लागि उक्त औषधि उपयुक्त हुन्छ ।

नेपालमा कोरोना प्रभावित विरामीहरुका लािग औषधिको अभाव सिर्जना नहोस भन्नका लागि उक्त औषधि सरकारलाई दिने निर्णय गरेको हो ।

कम्पनीले नेपाल सरकारले माग गरेअनुसार १५ हजार जना विरामीका लागि ४ लाख ट्याब्लेट करिब ४८ लाख रुपैयाँ बराबरको औषधि निशुल्क उपलब्ध गराउने भएको हो । सरकारमार्फत प्रभावित जनतासम्म पुगोस भन्नका लािग उक्त औषधि वितरण गर्ने कम्पनीका प्रमुख कार्यकारी हरिभक्त शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL