Logo

आजै अत्यावश्यक सेवाहरुको सूची तय गर्न मन्त्रिपरिषद्को बैठक बस्ने, सोमबार राजपत्रमा प्रकाशित गरिने

आजै अत्यावश्यक सेवाहरुको सूची तय गर्न मन्त्रिपरिषद्को बैठक बस्ने, सोमबार राजपत्रमा प्रकाशित गरिने



काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैंठक बोलाएका हुन् । सरकारले अत्यावश्यक सेवाहरुमा के–के राख्ने भन्ने विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैंठक बोलाइएको मन्त्रपिरिषदका एक सदस्यले जानकारी दिए ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यत विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने बताइएको छ ।

यस्तै अर्थमन्त्री तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवाहरुमा के–के राख्ने भन्ने विषयमा पनि निर्णय गर्ने बताएका थिए । सोमबार राजपत्रमा प्रकाशित गरेर अत्यावश्यक सेवाका बारेमा जानकारी दिइने मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL