Logo

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, प्रतितोला साढे ७६ हजारमा कारोबार

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, प्रतितोला साढे ७६ हजारमा कारोबार



काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवयसायी महासंघका अनुसार शुक्रबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी भने प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आईतबार २० रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL