Logo

कोरोना प्रभाव : चैत २२ गते सम्म देशभरका अदालत बन्द

कोरोना प्रभाव : चैत २२ गते सम्म देशभरका अदालत बन्द



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।

हाल विश्वब्यापी रुपमा कोरोना भाईरस फैलिँदै गए पछि शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही निरन्तर चलिरहने छ । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई भने चैत २२ गतेसम्मका लागि रोकिने छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL