Logo

कोरोनाको सन्त्रास : इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

कोरोनाको सन्त्रास : इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने



काठमाडौं । कोरोनाको सन्त्रास फैलिँदै गए पछि इसेवाले ग्राहकहरुलाई रकम जम्मा वा ट्रान्सफर गर्दा कुनै शूलक नलिने भएको छ । इसेवाले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट जुनसुकै बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने जानकारी दिएको हो ।

laxmi

इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाएको हो । इसेवामार्फत इसेवा खातामै (पिटुपी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।’

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने बताएको छ । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL