Logo

सुनको मूल्य फेरि घट्यो, बिहीबार ७५ हजार रुपैयाँमा कारोबार

सुनको मूल्य फेरि घट्यो, बिहीबार ७५ हजार रुपैयाँमा कारोबार



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । सुनचाँदी ब्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रति तोला १५ सय रुपैयाँले घटेर ७५ हजार रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

laxmi

त्यस्तै तेजावी सुनमा समेत मूल्य घटेर प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदीमा भने प्रतितोला ३० रुपैयाँले घटेको छ । बुधबार ७ सय १० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL