Logo

सरकारको निर्देशनसँगै आजै महासंघको पदाधिकारी बैंठक बस्दै, चुनावी मिति जेठ पहिलो हप्तालाई सर्ने

सरकारको निर्देशनसँगै आजै महासंघको पदाधिकारी बैंठक बस्दै, चुनावी मिति जेठ पहिलो हप्तालाई सर्ने



काठमाडौं । सरकारले सभा सम्मलेन तथा २५ जनाभन्दा बढी मानिसहरु एक ठाउँमा भेला नहुन निर्देशन दिएसँगै नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचन सर्ने निश्चित भएको छ । बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजनकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिल अर्थात बैशाख १८ गतेसम्म कुनै सभा सम्मेलन नगर्न भनी विभिन्न १८ बुँदे निर्देशन जारी गरेसँगै महासंघको आज बस्ने बैंठकले यहि चैत २८ र २९ गते हुने निर्वाचन मिति सार्न लागेको हो ।

सरकारको बुधबार आएको निर्देशनसँगै आज पदाधिकारी बैंठक बसेर चुनावी मिति सार्न लागिएको महासंघका एक पदाधिकारीले जानकारी दिए । ‘हामी त तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा थियौं,’ ती पदाधिकारीले भने, ‘आज बस्ने पदाधिकारी बैंठकले सम्भवत जेठ पहिलो सातामा चुनाव गर्नेगरी मिति तोकिने ।’

यसअघि महासंघ सचिवालय बैंठकले चैत १० गतेसम्मको अवस्था हेरी चुनावी मिति सार्ने वा नसार्ने विषयमा निर्णय गरेको थियो । तर, विषम परिस्थितीमा सरकारको निर्देशनसँगै आजै बैंठक बसेर चुनावी मिति सार्न लागिएको समेत ती पदाधिकारीले जानकारी दिए । ‘हामीले चैत १० गतेसम्मको अवस्था हेरी सकभर तोकिएकै मितिमा चुनाव गर्ने तयारी गरेका थियौं,’ उनले भने, ‘अब सरकारले नै सबै बन्द गर्ने भनेपछि महासंघले मात्र चुनाव गरेर भएन तसर्थ आज बस्ने बैंठकले चुनावी मिति सार्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL