Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । केही दिनयता लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा रु १ हजार बढेर प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

laxmi

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार २०० कायम गरिएको छ । यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७१० रुपैयाँमा मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL