Logo

एकैदिन ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला साढे ७८ हजारमा कारोबार

एकैदिन ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला साढे ७८ हजारमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । बिहीबार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ३ हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य ७८ हजार २ सय रुपैयाँ प्रतितोला कोरोबार भईरहेको छ । बिहीबार ८१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार ८ सय ६० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीमा शुक्रबार ४० रुपैयाँले गिरावट आएको महासंघले जानकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL