Logo

सुनको मूल्य ओरालो बाटोमा, बिहीबार तोलामा ८ सयले घट्यो

सुनको मूल्य ओरालो बाटोमा, बिहीबार तोलामा ८ सयले घट्यो



काठमाडौं । केही समययता मूल्यमा रेकर्ड बनाइरहेको सुनको मूल्यले ओरालो बाटो समातेको छ । बुधबारमात्रै प्रतितोला ४ सय रुपैयाँले घटेको सुन साताको पाँचौ दिन बिहीबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा रु ८०० ले घटेर प्रतितोला ८१ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला रु ८२ हजार ३०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ८१ हजार २०० कायम गरिएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार , चाँदी तोलामा रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL