Logo

उद्योगमन्त्री भन्छन- ‘तत्काल चिनियाँ नाका खुल्दैन, सामानभन्दा ठूलो मानव स्वास्थ्य’

उद्योगमन्त्री भन्छन- ‘तत्काल चिनियाँ नाका खुल्दैन, सामानभन्दा ठूलो मानव स्वास्थ्य’



काठमाडौं । कारोरोना भाइरस संक्रमणको त्रासमा बन्द चिनियाँ नाका तत्काल नखुल्ने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट तत्काल चिनियाँ नाका खोल्ने पक्षमा छैनन । पछिल्लो समय चीनको हुवेईस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाईरसको महामारीका कारण चीनबाट आयात हुने तथा चीनमा निर्यात हुने बस्तुमा रोकावट गरिएको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा लसुन तथा स्याउ लगायतका फलफुल र तरकारीमा परेको छ ।

तर, मन्त्री लेखराज भट्ट भने मालबस्तु भन्दा स्वास्थ्य ठुलो भएको भन्दै नाका अझै खुलाउने पक्षमा नरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री भट्ट चीन तथा विश्वभरी नै कोरोनाको संक्रमण सामान्य नहुँदासम्म नाका खोल्ने पक्षमा छैनन ।

‘मन्त्रीज्युले एक मिटिङमा चिनियाँ नाका नखोल्ने जस्तो वाक्यांस उद्धृत गर्नुभएको थियो,’ ति अधिकारीले भने, ‘तर चीनियाँ पक्षँग मन्त्रीज्युको छुट्टै बैठक बस्ने कुरा छ ।’

पछिल्लो समय फलफूल तथा तरकारी व्यवसायीहरुका विभिन्न तरकारी तथा फलफूलका ५ सय ३० ओटा कन्टेनर नाकामा थन्किएका छन्् । पछिल्लो २५ दिनदेखि रोकेर राखिएका उक्त कन्टेनरमार्फत व्यवसायीको ६० देखि ७० करोड रुपैयाँ खेर जान लागेको फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।

‘सरकारले हाम्रा मालबस्तु चिनियाँ नाकाबाट ल्याउनेबारे कुनै चासो राखेको छैन,’ उनले भने, ‘हामीले बैंकबाट लिएर ऋणबाट ल्याएको स्याउ लगायतका तरकारीसमेत सडेर फाल्नुपर्ने भएको छ । हामी घरखेत बेच्न बाध्य भैसक्यौं ।’ तर मन्त्रालयले बुधबार नै फलफुल व्यवसायीको गुनासो सुनुवाई हुनेगरी चिनियाँ पक्षसँग छलफल गर्ने बताएको छ ।

पछिल्लो समय चीनतर्फको नाकाबाट आउने मालबस्तु कोलकाता नाकामा डाईभर्ट भएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार चीनबाट बस्तु आयात ठप्प भईसकेको छैन । तर उत्तरतर्फबाट आउने मालबस्तु हाल प्राय कोलकता बन्दरगाहाबाट भित्रिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL