Logo

चीनका ज्याक मा बने एसियाकै धनी, नेपाली अर्बपति बिनोद चौधरीको सम्पत्ति भने घट्यो

चीनका ज्याक मा बने एसियाकै धनी, नेपाली अर्बपति बिनोद चौधरीको सम्पत्ति भने घट्यो



काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति भनेर चिनिएका व्यवसायी बिनोद चौधरीको सम्पत्ति यसवर्ष घटेको छ । विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोब्र्सका अनुसार यो वर्ष ३० करोड अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँले घटेको छ ।

हाल चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलरको सम्पत्ति रहेको छ । गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

यस्तै अलिबाबा ग्रुप होल्डिङका संस्थापक ज्याक मा मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको बिलेनियर इन्डेक्सका अनुसार उनको सम्पत्ति ४४ दशमलव ५ अर्ब डलर रहेको छ । उनको यो सम्पत्ति मुकेश अम्बानीको भन्दा २ दशमलव ६ अर्ब डलर धेरै हो । सन् २०१८ को मध्यदेखि ज्याक मा पछि परेपनि हाल उनी पहिलो स्थानमा आएका हुन् ।

साउदी अरेबिया र रुसले बजार हिस्सा बढाउन थप तेल उत्पादन गरेपछि तेलको भाउ बिगत २९ वर्ष यताकै तल झरेको छ । एकातिर उत्पादन धेरै हुनु र कोरोना भाइरसको त्रासले बजारबाट माग पनि घट्नुले तेलको मागमा पनि दशककै सबैभन्दा कमी आएको छ ।

तेलको मूल्यमा आएको गिरावटका कारण अम्बानीको फ्ल्यागशिप कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई नराम्ररी धक्का पुगेको छ । आगामी सन् २०२१ मा रिलायन्सले आफ्नो सबै कर्जा तिरिसक्ने घोषणा गरेका मुकेशलाई यो अवस्थाले अझै अफ्ठेरो पारेको छ ।

उनले कम्पनीको तेल र पेट्रोकेमिकल डिभिजन साउदी अरेबियन तेल कम्पनी आरामकोलाई बेच्ने योजना अनुसार प्रस्ताव समेत तयार भैसकेको छ ।

कोरोना भाइरसका कारण अलिबाबाको ब्यापारमा केही कमी आएको देखिन्छ । तर पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल एपको माग भने बढिरहेको छ । अहिलेकै अवस्थामा रिलायन्स इन्डस्ट्रीसँग भने अलिबाबाको जस्तो खुशी हुनका लागि महत्वपूर्ण अवसर देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL