Logo

चेम्बरको सामाजिक उत्तरदायित्व, कोरोना रोकथामका लागि सरकारलाई हस्तान्तरण गर्यो उपकरण

चेम्बरको सामाजिक उत्तरदायित्व, कोरोना रोकथामका लागि सरकारलाई हस्तान्तरण गर्यो उपकरण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले देशमा कोरोना भाईरस फैलन नदिनका लागि सुरक्षा अपनाउन सरकारलाई विभिन्न खालका उपकरण हस्तान्तरण गरेको छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस नेपालमा पनि फैलने त्रास बढ्दै जादा उच्च सतर्कता अपनाउनका लागि चेम्बरले सरकारलाई विभिन्न खालका उपकरण उपलब्ध गराएको हो ।

चेम्बरमा आज भएको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलका कर्मचारी तथा यात्रुलाई रेक्टिफाइड स्प्रिट, चेकजाँच गर्ने मेशिन, स्यानिटाईजर, एप्रोन, पेपर मास्क, एप्रोन क्यापलागायतका सामग्री हस्तान्तरण गरेको हो । यसैगरी चेम्बरले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलगायतलाई पनि उक्त उपकरण हस्तान्तरण गरेको थियो ।

चेम्बरले आफ्ना सदस्यहरुमार्फत संकलित उक्त उपकरणहरु सरकारलाई हस्तान्तरण गरेको हो । हाल आफुहरुसँग सिमित मात्रामा मात्र मास्क, रेक्टिफाइड स्प्रिट, एप्रोन, ज्वरो तथा कोरोना जाँच गर्ने मेशिन भएको र आगामी दिनमा थप संकलन गरेर सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने समेत चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपालमै मास्क उत्पादन गरेर बिक्री

पछिल्लो समय बजारमा मास्कको सर्टेज बढ्दै गएपछि चेम्बरले व्यवसायीहरुसँगको सहकार्यमा मास्क उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा उपलब्ध गराउने भएको छ । चेम्बरले आफ्नै उपाध्यक्ष एव आईएमएम ग्रूपका अध्यक्ष दिपक मलहोत्रासँगको सहकार्यमा मास्क उत्पादन गरी बजारमा उपलब्ध गराउन लागेको हो ।

हाल मास्क उत्पादनका लागि आवश्कय उपकरणदेखि कच्चा पदार्थ समेत आयात गरिसकेको र यसैहप्तादेखि उत्पादन गरी बजारमा उपलब्ध गराईने मलहोत्राले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL