Logo

राष्ट्र संघमा फौज पठाउने मुलुक मध्ये नेपाल चौथो स्थानमा, १२२ राष्ट्रहरुले पठाउँछन् शान्ति सेना

राष्ट्र संघमा फौज पठाउने मुलुक मध्ये नेपाल चौथो स्थानमा, १२२ राष्ट्रहरुले पठाउँछन् शान्ति सेना



काठमाडौं । सयुक्त राष्ट्रसंघमा फौज पठाउने विश्वका १२२ राष्ट्रहरु मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । हाल सयुक्त राष्ट्र संघको आव्हानमा शान्ती स्थापनाको लागि विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिजेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार छ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत छन ।

नेपाली सेनाका ५ हजार ९६ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पाँच सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ रहेका छन् । पहिलो पटक सन् १९५८ मा मिशनमा नेपाली सेनाको तर्फबाट पाँच जना पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्ममा १ लाख २९ हजार ८ सय १९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् ।

त्यसैगरी १ हजार ४ सय १ जना महिला सैनिकहरुले सहभागिता जनाईसकेका छन् । हालसम्म १ सय १ जना महिलाहरु विभिन्न मिशनमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL