Logo

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा, पुनः मन्त्रीमा नियुक्त हुँदै, बुधबार शपथ ग्रहण गर्ने

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा, पुनः मन्त्रीमा नियुक्त हुँदै, बुधबार शपथ ग्रहण गर्ने



काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत डा. युवराज खतिवडाले मंगलबार पदबार राजीनामा दिएका दिएका छन । मन्त्री खतिवडाको राष्ट्रिय सभामा २ बर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिएका हुन ।

उनले मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत राजीनामा दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यस्तै उनलाई बुधबार नै पुनः अर्थ तथा संचार मन्त्रीमा नियुक्त गरिने पनि स्रोतले जानकारी दिएको छ । उनले बुधबार शपथग्रहण गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL