Logo

सरकारद्वारा केही सचिवको सरुवा, अर्थका सहसचिव पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगियो

सरकारद्वारा केही सचिवको सरुवा, अर्थका सहसचिव पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगियो



काठमाडौं । सरकारले केही सचिवको सरुवा र केहीको पदस्थापनसमेत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ

laxmi

महानगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका केदार न्यौपानेलाई भने भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिलामा पठाइएको छ ।

सघीय मामिलाका सचिव यादव कोइरालालाई भने स्वास्थ्य मन्त्रालय लगिएको छ । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।

अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL