Logo

कोरोना भाईरस सम्बन्धी जनचेतना फैलाउन चेम्बरको समिति गठन, मास्कमा भन्सार छुटको माग

कोरोना भाईरस सम्बन्धी जनचेतना फैलाउन चेम्बरको समिति गठन, मास्कमा भन्सार छुटको माग



काठमाडो । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरेको छ । चेम्बरले विश्वमा कोरोना भाईरसको प्रकोप बढीरहेको बेलामा नेपालमा पनि यसको रोकथाममा लाग्नुपर्ने बताउँदै उक्त समिति गठन गरेको हो ।

उक्त समिति चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राको संयोजकत्वमा गठन गरिएको हो । उक्त समितिले नेपालमा कोरोनाको प्रकोपबाट बच्नका लागि विभिन्न जनचेतना तथा प्रचारका कार्यक्रमहरु गर्नेछ ।

यस्तै चेम्बरले मास्क तथा अति आवश्यक वस्तुहरुलाई सहज एवम सुलभ तरिकाले विक्रि वितरण गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।

आईतबार बसेको समितिको बैठकले कोरोना भाइरसको प्रकोपबाट बच्न अति आवश्यक पर्ने उपकरण सामाग्रीहरु जस्तै मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुटको लागि समेत नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

यसै सन्दर्भमा कोरोना भाइरस को प्रकोपबाट सृजित समस्याहरुलाई दृष्टिगत गर्दै फागुन १३ गते देखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो हाललाई स्थगित गरिएको छ ।

चेम्बरले त्रिभुवन विमान स्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रु को सघन स्वास्थ परिक्षण गनुपर्नेमा नेपाल सरकारसँग अनुरोध गरेको छ ।

उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा श्री मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL