Logo

एकैदिन १२ सयले घट्यो सुनको मूल्य, यस्तो छ कारोबार मूल्य

एकैदिन १२ सयले घट्यो सुनको मूल्य, यस्तो छ कारोबार मूल्य



काठमाडौं । लगातार बढेर प्रतितोला ८० हजार रुपैयाँ नाघेको सुनको मूल्य आईतबार घटेको छ । शुक्रबार प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर प्रतितोला ७८ हजार रुपैयाँ पुगेको छ ।

आईतबार सुन प्रतितोला ७९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजानकारी दिएको छ । महासंघका अनुसार गत हप्तादेखि ओरालो लागेको सुनको मूल्य आईतबार भने एकैदिन १ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।

यस्तै आईतबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL