Logo

पानीपोखरीमा पाँच करोड लगानीमा ‘वालनट रेष्ट्रो एण्ड व्याङ्केट’ ‘रेष्टुराँभित्रै खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन

पानीपोखरीमा पाँच करोड लगानीमा ‘वालनट रेष्ट्रो एण्ड व्याङ्केट’ ‘रेष्टुराँभित्रै खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन


बिजखबर संवाददाता
28.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्ट्रो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ ।

दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको हो ।

आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले जानकारी दिए । एक वर्ष लगाएर रु पाँच करोड लगानीमा निर्माण गरिएको उक्त रेष्टुराँमा १० देखि ३०० जना अट्ने गरी सभाहल निर्माण गरिएको छ ।

बैठक गर्न मिल्ने साना गोप्य कोठादेखि विभिन्न सभा समारोहमा पार्टी गर्न मिल्ने गरी ठूला हल रहेका छन् । ३० वर्षभन्दा बढी होटल तथा रेष्टुराँ क्षेत्रमा काम गरेका अनुभवी भण्डारीले पानीपोखरीस्थित दोचा मार्गमा पाँच रोपनी जग्गा भाडामा लिएर उक्त रेष्टुराँ स्थापना गरेका हुन् । उनीसाग सोल्टी होटल, अमेरिका, साइप्रस, बरमुडालगायत आधा दर्जन मुलुकमा काम गरेको अनुभव छ ।

रेष्टुराँभित्र ‘अकोरियम वार’ निर्माण गरिएको छ । रेष्टुराँभित्र हाल ३० कर्मचारी कार्यरत छन् । रेष्टुराँ परिसरभित्र ओखरको ठूलो रुख रहेको कारण ओखरको अङ्ग्रेजी शब्द ‘वालनट’बाट उक्त रेष्टुराँको नामकरण गरिएको हो ।

पछिल्लो समय मुलुकका विभिन्न होटल तथा रेष्टुराँमा उत्पादित खानामा गुणस्तर खस्कँदै गएकाले गुणस्तरीय र स्वस्थ्य खाना खुवाउनका लागि उक्त रेष्टुराँ स्थापना गरेको सञ्चालक भण्डारी बताउँछन् । ‘रेष्टुराँभित्र आवश्यक पर्ने मसलासमेत हामी आफैँ उत्पादन गर्छौं’, उनी भन्छन। आगामी दिनमा ग्राहकको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL