Logo

सुनको मूल्य फेरि घट्यो, प्रतीतोला ७९ हजार २ सय रुपैयाँमा कारोबार

सुनको मूल्य फेरि घट्यो, प्रतीतोला ७९ हजार २ सय रुपैयाँमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य ७९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवसयी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेर ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यसतै बिहीबार तेजाबी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भए पनि शुक्रबार भने ७८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको तुलनामा शुक्रबार तेजावी सुनमा समेत प्रतितोला ५ सय रुपैयाँले घटेर उक्त मूल्य कायम भएको हो ।

चाँदी भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा बिक्री भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL