Logo

फेरि बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार मूल्य

फेरि बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार मूल्य



काठमाडौं । पछिल्लो समय उतार चढाब भईरहेको सुनको मूल्य बिहीबार फेरि प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार साढे ७९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेर प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएकामा बिहीबार २ सय रुपैयाँले बढेर ७९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीमा समेत ५ रुपैयाँले घटेर ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL