Logo

गोकुल बास्कोटा टेप रेकर्ड काण्डका मिश्र विरुद्ध लेखा समिति, गर्यो साईबर क्राईमको उजुरी दर्ता

गोकुल बास्कोटा टेप रेकर्ड काण्डका मिश्र विरुद्ध लेखा समिति, गर्यो साईबर क्राईमको उजुरी दर्ता



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले बिजय प्रकाश मिश्र विरुद्ध साईबर क्राईमको उजुरी दर्ता गराएका छन । समितिका सदस्यहरुले नेपाल प्रहरी प्रधान कार्यालयमा गएर उजुरी दर्ता गरेका हुन ।

मिश्रलाई निवर्तमान सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँसकोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो रेकर्ड एनिमेशन गरेर सार्वजनिक गरेको भन्दै उजुरी दर्ता गरेको हो । मिश्रले यस अघि आफु स्वीस कम्पनीको आधिकारीक एजेन्ट रहेको भन्दै मन्त्री बास्कोटासँग टेण्डर मिलाए वापत दिईने कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेका थिए । तर, स्वीस दूतावासले मिश्रको आफ्नो कम्पनीसँग कुनै संलग्नता नरहेको भन्दै विज्ञप्ती नै जारी गरिसकेको छ ।

समितिका डा. सचिव रोजनाथ पाण्डेका अनुसार ३ दिन अघिनै प्रहरीको साईबर क्राईम ब्युरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्रचार गरे पनि आईतबार उजुरीनै दर्ता गरेको हो ।

मिश्रले सार्वजनिक गरेको उक्त अडियो रेकर्डमा भाषा मिलाएको तथ्य बाहिर आएको भन्दै थप अन्यको समेत संलग्न हुन सक्ने भएकाले साईबर क्राईममा उजुरी दर्ता गराएको पाण्डेले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL