Logo

सुनको मूल्य हाल सम्मकै उच्च, शुक्रबार प्रतितोला ७८ हजार १ सयमा कारोबार

सुनको मूल्य हाल सम्मकै उच्च, शुक्रबार प्रतितोला ७८ हजार १ सयमा कारोबार



काठमाडौं । सुनको मूल्य शुक्रबार ७८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार उक्त मूल्य इतिहासकै सबै भन्दा बडी मूल्य हो ।

बिहीबार विहिबार सुनको मूल्य प्रतितोला ७७ हजार ६ सयमा कारोबार भएकोमा शुक्रबार ५ सय रुपैयाँले बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मूल्य कायम भएको हो । यस अघि बुधबारको तुलनामा बिहीबार ५ सय रुपैयाँले बढेर सुनको मुल्य प्रतितोला ७७ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यसतै तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार ७७ हजार ३ सयमा कारोबार भैरहेको तेजाबी सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

चाँदी भने शुक्रबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९ सय १५ रुपैयाँमानै कारोबार भईरहेको महासंघले जनाएको छ । जुन बुधबारको तुलनामा बिहीबार १० रुपैयाँले बढेर ९ सय १५ रुपैयाँमा कारोबार भए पनि शुक्रबार सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL