Logo

अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा, आश्यक कारवाहीको तयारी

अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा, आश्यक कारवाहीको तयारी



काठमाडौं । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब १ लाख ४१ हजार १२० रुपैयाँ मूल्य बराबरको करिब २ हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो ।

बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL