Logo

शुक्रबार महाशिबरात्री : यी स्थानमा हुनेछ सवारी प्रभावित

शुक्रबार महाशिबरात्री : यी स्थानमा हुनेछ सवारी प्रभावित



काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने सवारीसाधनलाई ब्यवस्थित गर्ने भएको छ ।

शुक्रबार पशुपति मन्दिर क्षेत्रमा दर्शानार्थीको चाप बढि भई यातायात प्रभावित हुने भए पछि चक्रपथ सडक खण्डमा चल्ने सवारी साधनलाई मध्ये नजर गर्दै ट्राफिक महाशाखाले बिभिन्न क्षेत्रमा सवारी आगमन निषेध गरेको छ । महाशाखाका अनुसार चाबहिल, बानेश्वर, सिफल चौर, जयबागेश्वरी, लामापोखरी कुटुवहाल, गौरीघाट उमाकुण्ड मित्रपार्कलगायतका क्षेत्रबाट गौसलातर्फ जाने सवारीमा रोक लगाएको छ ।

महाशाखाले भक्तजनहरुका लागि सिफल पार्किङ गर्ने सवारी साधनलाई सानो गौचरण, कालोपुल हुँदै सिफलसम्म, तिलगंगा पार्किङ गर्ने सवारी साधनलाई तिनकुने सिनामंगल हुँदै तिलगंगासम्म बस तथा माईक्रोबसहरुका लागि पुरानो बसपार्क, भद्रकाली, माईतीघर, सिनामंगलहुँदै तिलगंगा पुग्ने र सोही रुट फिर्ताहुने गरि ब्यवस्था मिलाईएको छ ।

त्यस्तै पुरानोबसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीबिभाग, लाजिम्पाट, नारायणगोपालचोक, चाबहिल, बौद्धजोरपाटी पुग्ने र सोही रुट फर्कने ब्यवस्था गरेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL