Logo

अर्थमन्त्री खतिवडाले भने : नेपालमा उत्पादित वस्तुका लागि बजारको कमी छैन

अर्थमन्त्री खतिवडाले भने : नेपालमा उत्पादित वस्तुका लागि बजारको कमी छैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा उत्पादित बस्तुका लागि नेपालमा बजारको कमी नभएको बताएका छन । बिहीबार अर्थमन्त्रालयमा भएको संयुक्त राज्य अमेरिकाको कंग्रेस सदस्यहरु जर्ज होल्डिगं र अमी बेरासँगको भेटमा उनले उक्त कुरा बताएका हुन ।

laxmi

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको र अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको बताएका थिए ।
यस्तै उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा समेत जानकारी गराएका थिए । उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको र यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए ।

विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाई थियो । उनले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेको प्रति धन्यवाद व्यक्त गरेका छन ।

भेटमा अर्थमन्त्री खतिवडाले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गरेका छन । उनले सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास समेत दिलाएका छन ।

अमेरिकी कंग्रेसका सदस्यले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL