Logo

सुनको मूल्य अहिलसम्मकै महँगो, प्रतितोला रु ७७ हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य अहिलसम्मकै महँगो, प्रतितोला रु ७७ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । सुनको मूल्य इतिहासमै सर्वाधिक कायम भएको छ । विहिबार पनि सुनको मूल्य बढेसँगै सुनको मूल्यले कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेर छापावाला सुन प्रतितोला रु ७७ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मूल्य कायम भएको हो । यस अघि बुधबार सुनको मुल्य प्रतितोला ७७ हजार १ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७७ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, विहिबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार विहिबार चाँदीको मुल्यमा प्रतितोला १० रुपैयाँ बढेर ९१५ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL