Logo

चेम्बर प्रतिनिधिसँगको भेटमा अर्थसचिव ढुङ्गानाले भने : व्यवसाय कर घटाउँदैछौं

चेम्बर प्रतिनिधिसँगको भेटमा अर्थसचिव ढुङ्गानाले भने : व्यवसाय कर घटाउँदैछौं



काठमाडौं । अर्थ सचिव शिशिर ढुङ्गानाले व्यवसाय गर्ने कर घटाउन अध्ययन भईरहेको बताएका छन । बुधबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँगको भेटमा उनले कर संकलनको लागत बढेको बताउँदै उक्त कर घटाउने जानकारी दिएका हुन ।

भेटमा बोल्दै उनले कर अडिट धेरै नभई निकाय धेरै भएको बताए । उनले सम्पति शुद्धिकरण बाट व्यवसायी आतंकित हुन नपर्ने बताउँदै बिमालगाएत अन्य सेवालाई अनलाईनमा जान प्रोत्साहित गरिरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थ सचिव शिशिर कुमार ढुङ्गाना संग भेट गरी वधाई ज्ञापन गरेको थियो ।

चालु आर्थिक वर्षमा बजेटको आकार घटाईएकोले सबै क्षेत्रमा असर परि बढी अपेक्षित बृद्धिदर हासिल हुने अपेक्षा रहेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

भेटमा उद्यमी ब्यवसायीले कर सम्बन्धीकानून उलंघन गरेको पाईएमाउनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL