Logo

चीनको वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याईयो, निगरानीका लागि भक्तपुरमा राखिने

चीनको वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याईयो, निगरानीका लागि भक्तपुरमा राखिने



काठमाडौं । सरकारले चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको विमान वाईडबडीमार्फत आइतबार विहान काठमाडौंमा ल्याइएको हो ।

laxmi

वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान ४ स्वास्थ्यकर्मी, ३ पाइलट, ७ क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली शनिबार चीन गएको थियो । सरकारले १ सय ८५ जना ल्याउने तयारी गरे पनि १७० विद्यार्थीसहित १७५ जनालाई मात्रै नेपाल ल्याएको हो ।

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन भने ४ जना स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जानकारी दिएको छ । उनीहरुलाई आईतबार बिहानै स्वास्थ्य चेकजाँच गरि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL