Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ७६ हजारमा कारोबार हुँदैं

बढ्यो सुनको मूल्य, प्रतितोला ७६ हजारमा कारोबार हुँदैं



काठमाडौं । विहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौ दिन बिहबिार सुनको मूल्य तोलाको रु ३०० ले बढेको छ ।

बिहबिार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि बुधबार छापावाला सुन प्रतितोला रु ७५ हजार ७०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ । यस्तै, विहिबार चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी, तोलामा रु ५ ले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL