Logo

प्रधानमन्त्री ओलीलाई ‘एशियाली दूरदद्रष्टा नेता तथा राष्ट्र निर्माता’ अवार्ड, यस्तो छ अवार्ड दिने संस्था

प्रधानमन्त्री ओलीलाई ‘एशियाली दूरदद्रष्टा नेता तथा राष्ट्र निर्माता’ अवार्ड, यस्तो छ अवार्ड दिने संस्था



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् ।

एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे ।

सो अवसरमा आमोले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायिक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले आइएमई ग्रुपका सह–संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी नेतृत्व सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रालिका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ । कार्यक्रममा व्यवसायिक नेतृत्वबाट सम्मानित हुनेहरुलाई प्रधानमन्त्री ओलीले सम्मानित गरेका थिए ।

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो । नेपालका व्यवस्थापकहरुको छाता संंगठन नेपाल व्यवस्थापन संघ यसको सक्रिय सदस्य छ । विस।२०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।

सन १९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । सुरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित हुने लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र विस्तारमा पनि यसले ध्यान दिन थालेको छ ।

अहिले व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिबृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेशिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL