Logo

वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार भएको अर्थमन्त्रीको ठहर, प्रणाली अन्तराष्ट्रिस्तरको बनाउने उदघोष

वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार भएको अर्थमन्त्रीको ठहर, प्रणाली अन्तराष्ट्रिस्तरको बनाउने उदघोष


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार आएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । सोमबार महालेखा नियन्त्रक कार्यालयले आयोजना गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयहरुको सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठीमा बोल्दै उनले कोष तथा लेखा नियन्त्रण कार्यालयहरुले ठूलो प्रगति गरेको बताए ।

उनले पछिल्लो २ बर्ष नपुग्दै कार्यालयहरुले विभिन्न स्थानीय तहमार्फत आएका समस्या हल गर्दै तीव्र काम गरिरहेको बताए ।

केन्द्रीकृत सरकारबाट सिर्जना भएको ७ सय ६१ तहको लेखा प्रणालीलाई महालेखा नियन्त्रण कार्यालयले सजिलै समस्या हल गरेको बताउँदै खतिवडाले कुनै मुलुकमा पनि यति छिटो वित्तीय व्यवस्थापन नभएको उल्लेख गरे । कार्यक्रममा बोल्दै उनले विकासका काममा कर्मचारी तन्त्र र राजनीतिकर्मीबीच द्धन्द हुनु सामान्य भएको उनले बताए ।

राजनीतिकर्मीले पाएको काम समयमै गर्ने सोच राख्ने र कर्मचारीतन्त्रले कानुनसम्मत रहेर काम गर्ने मनसाय राख्ने हुनाले काममा ढिलाईका विषयमा द्धन्द हुने गरेको उनको भनाई थियो ।

नेपालका विभिन्न स्थानीय तह र सरकारको खर्च व्यवस्थापनका लागि भन्दै विभिन्न नीति बनाईने काम भईरहेको बताउँदै उनले अबको केही बर्षमा नेपालको खर्च व्यवस्थापनलाई अन्तरराष्ट्रियस्तरको बनाउन सकिने उल्लेख गरे । बजेट अनुसार खर्च व्यवस्थापनमा सबै निकायले सोही अनुसारको काम गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL