Logo

कहाँ पुग्यो राजमार्गमा आकस्मिक जहाज अवतरण गराउने सरकारी योजना ?

कहाँ पुग्यो राजमार्गमा आकस्मिक जहाज अवतरण गराउने सरकारी योजना ?



काठमाडौं । योजना बनाउने तर, काम नगर्ने सरकारी प्रवृत्तिका कारण देशमा हजारौं योजना यत्तिकै थन्किएका छन् । नेपालका लागि निकै नौलो र उपयुक्त मानिएको एउटा नयाँ योजनाको नियति पनि के हुने हो भन्ने आशंका बढेको छ ।

laxmi

सरकारले राजमार्गहरुमा आकस्मिक जहाज अवतरण गराउन योजनासहित बजेट विनियोजन गरेको भए पनि हालसम्म कुनै काम भएको छैन । चालू आर्थिक बर्षमा राजमार्गको दायाँबाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाउन बजेट समेत विनियोजन गरिएको छ ।

चालू आवको बजेट बक्तब्यमा ‘राष्ट्रिय राजमार्ग तथा द्रुतमार्गहरूका निश्चित दूरीमा विश्रामस्थलको व्यवस्था गरिनेछ। सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ। सम्भाव्यताको आधारमा ठूला राजमार्गको कुनै खण्डको दायाँ बाँया खाली क्षेत्र कायम गरी आपतकालीन हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाइनेछ, उल्लेख छ ।

अहिलेसमम एउटा मात्र अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा रहेको र नेपालजस्तो भौगोलिक रुपमा अफ्ठयारो बस्तुस्थिति भएको मुलुकका लागि निकै उपयोगी मानिएको भएपनि यसबोमा अहिलेसम्म कुनै काम अघि बढन सकेको छैन् । बजेट विनियोजन भएको ६ महिना वितिसक्दा समेत सडक बिभागबाट कुनै जानकारी नआएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । यस्तै मन्त्रालयले सरकारले बजेटमात्रै विनियोजन गरेको तर, कहाँ बनाउने कस्तो बनाउने भनेर कुनै उल्लेख नगरेकाले विभागलाई यसको पनि काम अघि बढाउन जिम्मेवारी दिएको बताएको छ ।

‘राजमार्गमा आकस्मिक जहाज अवतरणका लागि कम्तिमा पनि ३ किलोमिटर धावनमार्ग निर्माण गर्न सक्ने किसिमको भौगोलिक बनावट हुनुपर्छ, सरकारले बजेट विनियोजन गरेको छ । तर, त्यसको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन,’ मन्त्रालयका सुचना अधिकारी नारायण मैनालीले बताए ।

मैनालीले विभिन्न देशमा राजमार्गमा जहाज अवतरण गर्ने धावनमार्गको अभ्यास भईरहेको अवस्थामा हाम्रो नेपालमा पनि राजमार्गहरुमा आकस्मिक जहाज अवतरण गर्नेगरी पूर्वधार निर्माण गर्नु रउपयुक्त हुने देखिएको तर, कहिलेसम्म निर्माण गर्ने कहाँ निर्माण गर्ने भनेर स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो परेको बताए ।

सडक बिभागका महानिर्देशक केशब शर्माले भने यही हप्तामात्रै ब्यापारिक राजमार्गहरुमा पूर्वसम्भाब्यता अध्ययनको लागि टोली पठाईसकेको जानकारी दिए । उनका अनुसार टोलीले पूर्वपश्चिम राजमार्गको बिभिन्न क्षेत्रमा अध्ययन गरिसकेपछि मात्रै कुन ठाउँमा कति सडक बढाउनु पर्ने हो सोको जानकारी प्राप्त हुने र मन्त्रालयमा जानकारी गराउने छ ।

बिभागले सो क्षेत्रको अध्यनका लागि १ महिनाको समय दिएर पठाएको महानिर्देशक शर्माले बताए । बिभागले अध्ययन गरेपश्चात उपयुक्त स्थान हेरेर आकस्मिक जहाज अवतरण गर्नका लागि करिब ३० मिटर चौडाई र १ दशमलब ५ किलोमीटर सडक क्षेत्रमा भएका पोलहरु स्थान्तरण गर्नेदेखि सो क्षेत्रका रुख बिरुवाहरुसमेत हटाउने कार्य गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL