Logo

अर्थमन्त्री खतिवडा भन्छन- ‘निजी क्षेत्रका गुनासा सुन्दा-सुन्दा दिक्क लागिसक्यो’

अर्थमन्त्री खतिवडा भन्छन- ‘निजी क्षेत्रका गुनासा सुन्दा-सुन्दा दिक्क लागिसक्यो’



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका गुनासा सुन्दा सुन्दा दिक्क लागिसकेको बताएका छन् ।

आइतबार ६८ औं अन्तरराष्ट्रिय भन्सार दिवसको कार्यक्रम उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवाडाले निजी क्षेत्रले प्रत्येक पटक उही कुरामात्र गर्ने गरेको आरोप लगाए । ‘नीजि क्षेत्रका साथीहरुले ३–४ वटा कुरा जहिले पनि उठाउनुहुन्छ । एउटै कुरा सुन्दा दिक्क लागिसक्यो’, अर्थमन्त्रीले भने ।

अर्थमन्त्री खतिवडाले नीजि क्षेत्रले उठाएका सम्पत्ति शुद्धीकरण, ब्याजदर, धेरै राजश्व उठाएको, करलगायत विषयमा सधैं उही गुनासो गर्ने गरेको भन्दै नीजि क्षेत्रसँगै गुनासो गरे । ‘सम्पत्ति शुद्धीकरणले गलत गर्नेलाई मात्र समात्ने हो, गलत नगरेको भए डराउनुपर्दैन’ अर्थमन्त्रीले भने ।

उनले ब्याजदरको विष्यमा पनि अनावश्यक त्रास श्रृजना गरिएको बताए । उनले भने–‘ब्याजदर अहिले बढेको छैन्, बढ्दैन । यो अनावश्यक त्रास हो । हामीले बैंकहरुलाई दीर्घकालीन लगानीका लागि अगाढि बढन निर्देशन दिइसकेका छौं ।’

यस्तै अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढने त्रास पनि अनावश्यक रहेको बताए । ‘राजश्व लक्ष्य अनुरुप उठाउन पर्छ । नीजि क्षेत्र नडराउनुहोस, हामी आन्तरिक राजश्वमा व्यवस्थित छौं । सरकारले धेरै राजश्व उठाउँछ भनेर नडराउनुहोस’, अर्थमन्त्री खतिवडाले नीजि क्षेलाई आग्रह गरे ।


अर्थमन्त्री खतिवडाले निर्यात बढेन भने आर्थिक वृद्धि नहुने भन्दै स्वच्छ र पारदर्शी रुपमा व्यापार बढाउन सबै क्षेत्रमा सदाचार आवश्यक रहेको बताए । अर्थमन्त्री खतिवडाले चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहाको काम उल्लेख्य रुपमा भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL