Logo

यी हुन् विश्वका सबैभन्दा धेरै पारिश्रमिक लिने ५ फुटबल खेलाडी, कति कमाउँछन् यी खेलाडीले ?

यी हुन् विश्वका सबैभन्दा धेरै पारिश्रमिक लिने ५ फुटबल खेलाडी, कति कमाउँछन् यी खेलाडीले ?



काठमाडौं । विश्वमा सर्वाधिक हेरिने खेलमध्येकै एक हो फुटबल । फुटबलमा रमाउनेहरु यसमा बढी नै चासो राख्ने गर्दछन । फुटबल प्रेमीहरुको सोही चासोलाई मध्यनजर गर्दै फोब्र्सले हालै धेरै पारिश्रमिक लिने १ सय जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फोब्र्सका अनुसार बार्सिलोना फुटबल क्लवका फरवार्ड लियोनल मेस्सी सन २०१८ कै सबैभन्दा धेरै पारिश्रमिक पाउने खेलाडीमा परेका छन । उनले बर्षभरी १ सय ११ मिलियन डलर कमाएका थिए । उनको उक्त कमाई खेल र तलबमार्फतको ८४ मिलियन डलर र अन्य कार्यक्रमबाट २७ मिलियन डलर हो । उनी १३ बर्षको उमेरमै विश्वकै धेरै पारिश्रमिक लिने दोस्रो खेलाडीमा परेका थिए ।

बार्सिलोनाले उनलाई उपचारमा सघाउने समझदारी गरेपछि उनी स्पेन गएका थिए । त्यसपश्चात उनले हरेकचोटी क्लवलाई माथि पुर्याउन सहयोग गरे । सन २०१२ मा उनले बर्षकै धेरै गोल गर्ने खेलाडीको उपमा पाए ।

उनले नोभेम्बर २०१७ मा बार्सिलोनासँग २०२०–२१ को सिजन खेल्न कम्तीमा बार्षिक ८० मिलियन डलर तलबसहितको सम्झौता गरे । मेस्सीले एडिडास ब्राण्डसँग लाइफटाईम डिल पनि गरेका छन । त्यस्तै उनले ग्याटोरेड, पेप्सी, हुवावेलगायतका ब्राण्डसँग समेत सम्झौता गरेका छन ।

यस्तै सन २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा भने क्रिष्टियानो रोनाल्डो परेका छन । उनले बर्षभरिमा क्लबबाट ६१ मिलियन डलर तलब र अन्य विभिन्न कार्यक्रमहरुबाट ४७ मिलियन डलर लिएका छन । उनले सबै गरेर १ सय ८ मिलियन डलर घर घर लगेका थिए । उनी युभेन्टस क्लव र पोर्चुगलको राष्ट्रिय टिमका फरवार्ड हुन । उनले नाईकी ब्राण्डसँग लाईफटाईम डिल गरेका छन भने अमेरिकान टुरिस्टर, ईए स्पोर्ट्स, हर्बालाईफलगायतसँग समेत समझदारी गरेका छन । सन २०१७ का विभिन्न ४३ ओटा खेलमा ४४ गोल गरेपछि पाँचौं बेलोन डी अवार्डबाट सम्मानित भएका थिए ।

यस्तै सन २०१८ भरि धेरै कमाउनेको तेस्रो स्थानमा भने नेईमार डा सिल्भा सान्तोस जुनियर परेका छन । उनलाई विश्वका प्राय मानिसहरले नेईमारको नामले चिन्दछन । फोब्र्सका अनुसार उनले सन २०१८ भरी ९० मिलियन डलर कमाएका थिए । उनले ७३ मिलियन डलर तलव र खेलबाट र १७ डलर अन्य क्रियाकलापबाट कमाएका थिए । उनले सन २०१७ मा जर्मनीको पेरिस सेन्ट क्लवसँग ५ बर्षका लागि सम्झौता गरेका छन । उनले ब्राजिलको राष्ट्रिय टोलीका फरवार्ड हुन् । उनले नाईकी, रेडबुल, म्याकडोनाल्डलगायतका ब्राण्डसँग सम्झौता गरेका छन ।

यस्तै धेरै कमाउने खेलाडीको चौथो स्थानमा भने रियल म्याड्रिडका फरवार्ड गेरेथ बेल परेका छन । वेल्सका उनले सन २०१८ भरी ३४ दशमलव ६ मिलियन डलर कमाएका थिए । उनले उक्त कमाई तलब वापतको २८ दशमलव ६ मिलियन डलर र अन्य क्रियाकलापमार्फत ६ मिलियन डलर पाएका थिए । उनले सन २०१८ मेमा आईकोनिक बाईसाईकल किकमार्फत २ गोल हानेपछि उनको टीम च्याम्पीयनसिप लिगको तेस्रो टोलिमा पर्न सफल भएको थियो । सन २०१६ को अक्टोबरमा उनले रियल म्याड्रिडसँग सन २०२२ सम्मका लािग सम्झौता गरेका थिए । उनले सन २०२० सम्मका लागि एडिडाससँग सम्झौता गरेका छन ।

धेरै कमाउने फुटबल खेलाडीको पाचौं स्थानमा म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बा परेका छन । उनले सन २०१८ भरी २९ दशमलव ५ मिलियन डलर कमाएका थिए । उनले २५ मिलियन डलर तलब र खेलबाट र ४ दशमलव ५ मिलियन डलर विभिन्न क्रियाकलापहरुबाट कमाएका थिए । उनी फ्रान्सका हुन उनलाई म्यानचेस्टर युनाईटेडले बार्षिक २० मिलियन डलरसहित ५ बर्षका लागि सम्झौता गरेको छ । उनले पनि एडिडाससँग १० बर्षका लागि सम्झौता गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL