Logo

नेकपालाई सभामुखको बाटो खुल्यो, उपसभामुख शिवमायाले दिइन राजीनामा

नेकपालाई सभामुखको बाटो खुल्यो, उपसभामुख शिवमायाले दिइन राजीनामा



काठमाडौँ । अन्तत : शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएकी छन् । लामो समयदेखि स्थगि हुँदै सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकबाट तुम्बाहाङफेले राजीनामा
दिएकी हुन् । उनले संसदको बैठकमा बोल्दै आफुले रिक्त रहेको सभामुख पदको चयनको ठोस आधार नबनेसम्म उपसभामुख पदबाट राजीनामा नदिएको बताइन ।

तुम्बाहाङफेले आफु पदमा रहेको बेला सम्म संबिधान र आफ्नो धरातलमा रहेर आफ्नो भूमिका निभाएको बताउदै सत्तारुढ दलले सभामुख पदको उम्मेदवार चयन गरेको अवस्थामा आफुले अहिलेको अवस्थामा मार्ग प्रशस्त गर्ने निर्णय गरेको जानकारी संसदलाई दिएकी थिइन् ।

आजै ४ बजे बस्ने दोस्रो बैठकले सभामुख चयनको प्रक्रिया अगाडी बढाउने भएको छ । सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गर्ने छ ।

सभामुखका लागि संसदमा बहुमत रहेको सत्तारुढ नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने आइतबार मात्र निर्णय गरेको थियो । यससँगै सापकोटा सभामुख बन्ने निश्चित भएको छ भने उपसभामुख को बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL