Logo

अब सुनको मूल्य कहाँ पुग्ला ?, सुनमा लगानी गर्नेले कस्तो प्रतिफल पाउँलान ?

अब सुनको मूल्य कहाँ पुग्ला ?, सुनमा लगानी गर्नेले कस्तो प्रतिफल पाउँलान ?


बिजखबर संवाददाता
2.1k
Shares

काठमाडौं । विशव बजारमा शुक्रबार सुनको मूल्य आक्रामक रुपमा पहिलेकै अवस्थामा फर्केको छ । मिश्रित आर्थिक तथ्याङ्कमा बराबर तर नकारात्मक प्रभाव पार्न चुनौती थपिने गरी सुनको मूल्य पहिलेकै अवस्थामा आएको हो । सुनले पछिल्लो समय हरेक हप्ताजस्तो आफ्नो नयाँ रेकर्ड तोडिरहेको छ ।

laxmi

न्युयोर्क मर्कन्टाईल एक्सचेन्जको कमेक्स डिभिजनमा आगामी फेव्रुअरीसम्म सुनको मूल्य एक कारोबार दिनको १० दशमलव ४० डलर अर्थात ० दशमलव ६ प्रतिशतले बढ्दै प्रति औंस १ हजार ५ सय ६० दशमलव ९० डलर पुग्ने बताईएको छ । उक्त प्रक्षेपणपछि फेब्रुअरीसम्म सुनको मूल्य १ हजार ५ सय ५८ डलर प्रति औंस तोकेर व्यापार गर्न सजिलो भएको छ ।

एक कारोबार दिनको उच्च मूल्य र सुनको वास्तविक मूल्यबीच फरक नहुँदा पनि यसले सबै प्रकारका धातुहरुको मूल्यमा असर पारेको छ । तर सुनले आगामी १० दिनसम्म पनि सोही अनुसारको मूल्य कायम राख्न हालको गतिशिल औषतभन्दा माथि उठ्नुपर्ने विज्ञहरुले बताएका छन । हाल यसको मूल्य प्रति औंस १ हजार ५ सय ८० डलर रहेको छ । पछिल्लो ५ दिनको चार्टलाई हेर्ने हो भने पनि सुनको अमूल्यमा ठुलो उत्तारचढाव देख्न सकिन्छ ।

Gold price, February

विश्व बजारमा शुक्रबार चाँदीको मूल्य पनि सुनको मूल्यसँगै बढेर बन्द भएको छ । चाँदी आगामी फेब्रुअरीसम्म २५ सेन्ट बढेर १८ दशमलव १९ डलर पुग्ने अनुमान गरिएको छ ।

यदि जनावरीको केही हप्ता सुनको लागि राम्रो रहने संकेत देखियो भने सुनका लागि बजार बर्षभरि नै यस्तै रहनेछ । गत १० दिन अघि मात्रै सुनको मूल्य १ हजार ६ सय डलर प्रति औंस पुग्यो जुन पछिल्लो ७ बर्षदेखिकै उच्च हो । पछि यसको मूल्य बढ्दै १ हजार ६ सय १३ डलर प्रति औंस पुगेको ब्लुमबर्गले जानकारी दिएको छ । बजार मागमा कुनै किसिमको चुनौती भएन भने सेयर तथा अन्य वस्तुको माग उच्च हुन्छ । लगानीकर्ताहरु आफ्नो लगानी सन्तुलन गर्न छोटो समयमा लगानी उठौतीको आसा र लामो समयको सुरक्षा चाहन्छन ।

केन्दी्रय बैंकहरुले गर्ने कार्यहरुको प्रत्यक्ष प्रभाव वस्तुको मूल्यमा पर्दछ । आगामी सेप्टेम्बरसम्म अर्थतन्त्रका सबै सूचकमा सुधार हुने हुनाले यो बर्ष सुनमा लगानी गर्नेले राम्रै प्रतिफल पाउनेछन । तथ्याङक अनुसार चीनमा भने सुनको मूल्यमा पछिल्लो ३ दशकमा त्यति वृद्धि भएको छैनअब ् ।

प्रतिक्रिया दिनुहोस्
MBL