Logo

सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर ७० बर्षमा प्रवेश, वाकाथन र रक्तदान कार्यक्रमको आयोजना (फोटोफिचर)

सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर ७० बर्षमा प्रवेश, वाकाथन र रक्तदान कार्यक्रमको आयोजना (फोटोफिचर)


बिजखबर संवाददाता
4.5k
Shares

काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश गरेको छ । देशमा प्रजातन्त्र आएपश्चात लोकनाथ जोशीको अध्यक्षतामा २००७ सालमा स्थापनामा भएको नेपाल चेम्बर पुस २७ गतेबाट ७० बर्षमा प्रवेश गरेको हो ।

laxmi

चेम्बरले ७० बर्षमा प्रवेश गरेको अवसरमा आईतबार विहान वाकाथन कार्यक्रम सम्पन्न गरेको छ भने दिउँसो रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विहान चेम्बर भवनबाट सुरु भएको वाकाथुन कार्यक्रम जमल, भोटाहिटी, असन, इन्द्रचोक, बसन्तपुर, न्यूरोड हुँदै पुनः चेम्बर भवनमै आएर समापन भएको चेम्बरका प्रचारप्रसार समितिका सभापति सन्तोष पाण्डेले जानकारी दिए ।

चेम्बरको ७० औं बर्षमा प्रवेश गरको अवसरमा देशमा लगानीको वातावरणको निर्माण तथा नेपाल भ्रमण बर्ष २०२० को स्वदेश तथा विदेशमा सकारात्मक सन्देश दिनका लागि वाकाथुन कार्यक्रम आयोजना गरिएको पाण्डेले जानकारी दिए । ‘चेम्बरले आयोजना गरको वाकाथुन कार्यक्रममा २ हजारभन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको सहभागिता थियो,’ उनले भने, ‘जसमार्फत चेम्बरसँग आवद्ध विभिन्न अन्तरराष्ट्रिय चेम्बर तथा जिल्ला चेम्बरहरुमा भ्रमण बर्षको सन्देश प्रवाह गरेका छौं ।’

यसैगरी चेम्बरले सोही अबसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । ७० बर्षमा प्रवेश गरेको अवसरमा चेम्बरले आफ्नै भवन कात्तिपथमा रक्तदान कार्यक्रमको आयोनजा गरेको हो । दैविक प्रकोपमा सहयोगदेखि राहत संकलनजस्ता कार्यक्रम गर्दै आएको चेम्बरले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएकोसमेत पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL