Logo

बिहानै तीन किलो नक्कली सुनको सिक्कासहित भारतीय नागरिक पक्राउ

बिहानै तीन किलो नक्कली सुनको सिक्कासहित भारतीय नागरिक पक्राउ



काठमाडौं । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

laxmi

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL