Logo

बुधबार १ हजारले बढेको सुनको मूल्य आज घट्यो, यस्तो छ आजको मूल्य

बुधबार १ हजारले बढेको सुनको मूल्य आज घट्यो, यस्तो छ आजको मूल्य



काठमाडौं । केही दिनयता उच्च बिन्दूमा पुगेर घटबढ भइरहेको सुनको मूल्य साताको पाँचौ दिन अर्थात आज विहीबार भने घटेको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । विहिबार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबारबार सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ७५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

महासंघका अनुसार विहिबार चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी प्रति तोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL