Logo

लगातार बढेको सुनको मूल्य घट्यो, प्रतितोला ७५ हजार ५ सयमा कारोबार हुँदैं

लगातार बढेको सुनको मूल्य घट्यो, प्रतितोला ७५ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५ सयले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रहेको थियो।

त्यसैगरी तेजावी सुन आज प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा रु २० ले घटेर प्रतितोला ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL