Logo

निर्यात परिषदले चौथो निर्यात दिवश मनाउँदै, निर्यात प्रवर्द्धनमा सहजीकरण

निर्यात परिषदले चौथो निर्यात दिवश मनाउँदै, निर्यात प्रवर्द्धनमा सहजीकरण



काठमाडौं । नेपाल निर्यात परिषदले मंगलबार चौथो निर्यात दिवश मनाउने भएको छ । परिषदले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दिवश मनाउने जानकारी दिएको हो । नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि बर्षैपिच्छे गर्दै आएको उक्त दिवश यस बर्ष पनि गर्न लागेको परिषदका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालमा निर्यात प्रवद्र्धन गर्न निर्यातकर्ताको हकहितका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै उक्त दिवश मनाउन लागिएको हो ।

नेपालमा निर्यातकर्ताहरुले विभिन्न समस्याहरु भोग्दै आएको अवस्थामा परिषदले सहजीकरणका लागि काम गर्दै आएको छ ।

परिषदले निर्यात दिवशको अवसरमा प्रभातफेरी कार्यक्रम तथा अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्ने भएको छ । परिषदका अनुसार मंगलबार विहान ८ बजे सुरु भएको प्रभातफेरी कार्यक्रम पाटन हुँदै र्याडिसन होटलमा समापन हुने कार्यक्रम रहेको छ । परिषदका अनुसार प्रभातफेरी कार्यक्रम ठमेलको त्रिदेवी मार्गबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL