Logo

चक्रपथ विस्तार परियोजना : जग्गा अधिग्रहणको लागि सरकारको अनुमति

चक्रपथ विस्तार परियोजना : जग्गा अधिग्रहणको लागि सरकारको अनुमति



काठमाडौं । सरकारले चक्रपथ विस्तार परियोजना अन्तरगत दोस्रो चरणको लागि जग्गा अधिग्रहणको स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चक्रपथ विस्तार परियोजना अन्तरगतको कलंकी महाराजगञ्ज धोबी खेला सडक खण्डको सिमा ३१/३१ मिटर कायम गर्न जग्गा अधिग्रहणको लागि स्वीकृति दिएको सुचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले जानकारी दिएका छन ।

उनले बिहीबार नियमित पत्रकार भेटघाटमा सरकारको पछिल्लो निर्णय सुनाउँदै चक्रपथ विस्तार आयोजनाको जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको बताएका हुन । हाल सो क्षेत्रमा रुख कटान, बिजुलीको पोल स्थान्तरणलगायतका काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL