Logo

लिवर्टी इनर्जी कम्पनी लिको दशौं वार्षिक साधारण सभा सम्पन्न, दोर्दी ‘ए’ को उत्पादन चैत्र ३० बाट

लिवर्टी इनर्जी कम्पनी लिको दशौं वार्षिक साधारण सभा सम्पन्न, दोर्दी ‘ए’ को उत्पादन चैत्र ३० बाट


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिको दशौं वार्षिक साधारण सभा शुक्रबार संचालक अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोड मध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक शेयर चुक्ता भईसकेको छ र बाँकी ३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएल एस क्यापिटल लिसँग सम्झौता भई धितोपत्र बोर्डबाट अन्तिम स्विकृतीको लागि सम्पूर्ण कागजातहरु पेश गरिएको छ ।

हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु लमजुङ जिल्लामा माथिल्लो दोर्दी ‘ए’ र लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ ।

उक्त आयोजनाहरुमध्ये लमजुङ जिल्लस्थित २५ मेवा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको हालसम्म करिब ९५प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति गत २०७६ भाद्र १४ रहेतापनि गत २०७६ श्रावण ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले गर्दा आयोजनामा क्षति पुर्याई निर्माण कार्यमा केही ढिला हुने भएकोले उत्पादन मिति आगामी चैत्र ३० गते रहने गरी संशोधन गरिएको र उक्त मिति अगाडी नै आयोजना सम्पन्न गर्ने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको जानकारी प्रवन्ध संचालक डा. आत्माराम घिमिरेले साधारण सभामा गराए ।

साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइईको टिओआरसमेत स्विकृत भई अन्तिम स्विकृतीको प्रक्रियामा रहेको र १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइइ रिपोर्ट पेश भएको र नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट सम्पन्न भई पिपिए हुने चरणमा रहेको बताइयो ।

प्रतिक्रिया दिनुहोस्
MBL