Logo

शुक्रबारबाट काठमाडौंका अव्यवस्थित होर्डिङबोर्डहरु हटाईँदै, अव्यवस्थित तार पनि सरकार आफैले काट्ने

शुक्रबारबाट काठमाडौंका अव्यवस्थित होर्डिङबोर्डहरु हटाईँदै, अव्यवस्थित तार पनि सरकार आफैले काट्ने



काठमाडौं । काठमाडौ उपत्यकाभित्रका विभिन्न स्थानमा अशोभनिय हुनेगरी राखिएका होर्डिङबोर्डहरु शुक्रबारदेखि हटाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

laxmi

बिहीबार गृहमन्त्री रामबहादुर थापा वादलको अध्यक्षतामा बसेको बैठकले शुक्रबारबाटै शहरका विभिन्न भवनमा राखिएका होर्डिङबोर्ड, पर्चा, पम्पलेट हटाउन निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापाले सरकारले गरेको उक्त निर्णय नमाने कानुनबमोजिमको कारबाही समेत गर्ने बताएका छन ।

यसका लागि सरकारले नै शुक्रबारबाट ४ ओटा समुह बनाएर यस्ता सामाग्रीहरु हटाउने अभियान थाल्ने भएको हो । यस्तै बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, ईन्टरनेट लगायतका केबल पनि निश्चित समय भित्रमा हटाउन निर्देशन दिएको छ ।

यसका लागि सरकारले सार्वजनिक सुचना जारी गर्ने र निश्चित अवधिमा तारहरु नहटाए सरकार आफैले त्यस्ता तार काटिदिने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL