Logo

यसरी तयार हुँदैछ जयनगर-जनकपुर रेलमार्गमा संचालन हुने डीईएमयु रेल, रंगरोगनको कार्य सम्पन्न

यसरी तयार हुँदैछ जयनगर-जनकपुर रेलमार्गमा संचालन हुने डीईएमयु रेल, रंगरोगनको कार्य सम्पन्न



काठमाडौं । जयनगर–जनकपुर रेलमार्गको संचालन हुने रेलको रंगरोगनको कार्य सम्पन्न भएको छ । भारतीय कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको नेपाली रेलको रंगरोगनको कार्य सम्पन्न भएको रेल विभागले जानकारी दिएको छ ।

उक्त रेलमार्गमा तत्कालका लागि एउटामात्रै रेल गुड्ने भए पनि सो मार्गमा गुड्ने डीईएमयु (डिजेल इन्जिन) रेलको रंग भने नेपाली झण्डाको रंगसँग मिल्दोजुल्दो बनाइएको छ । उक्त डीईएमयु रेलको अघिल्लो भागको माथि निलो र तल सिम्रिक रंग पोतिएको छ भने दायाँबायाँको भागमा माथिल्लो भागमा निलो, सेतो र तल्लो भागमा निर र गाढा रातो रहेको छ ।

अबको करिब १ महिनाभित्रै रेल संचालनमा ल्याउने गरि थप कामहरु भईरहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार हाल सो रेल गुड्ने जयनगर–जनकपुर रेलमार्गमा रेलको लिग बिच्छ्याउने काम भईरहेको छ ।

उनका अनुसार उक्त रेलमार्गमा गत असारमा आएको बाढीपहिरोले रेलको लिक बगाए पछि अहिले माटो पुर्ने काम सम्पन्न भएर लिक विच्छ्याउने काम सुरु भएको हो । अबको करिब १५ दिन भित्रै लिक विच्छ्याउने काम समेत सम्पन्न गर्ने गरि कामलाई तिब्रता दिएको बिभागका महानिर्देशक मिश्रले जानकारी दिएका छन ।

उक्त रेलमार्गको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक असार २८ गते आएको बाढीले बगाएको थियो । कमला नदीको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो ।

अब उक्त रेल्वे ट्रयाक पनि मर्मत भईरहेको र भारतमा निर्माणाधिन रेल पनि निर्माणको अन्तिम चरणमा रहेकाले अबको १ महिना भित्रै जयनगर–जनकपुर रेलमार्गमा नेपालीले रेल चढ्ने सपना साकार हुने मिश्रले बताए । तर सोही रेलमार्गमा दिर्घकालिन रुपमा रेल संचालन गर्न भने कमला नदिको बाँध बाँध्नु पर्ने मिश्रको भनाई रहेको छ । जस्को लागि सिंचाई मन्त्रालयसँग निरन्तर छलफलमा समेत रहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL